♠ Posted by News Express Today in Breaking News at 11:39 PM
काठमाडौं । सरकारका उच्च तहका मन्त्री , नेता, संभासद , कर्मचारीहरुले नै डीभी–पिआर लिएको भन्दै सामान्य प्रशासन मन्त्री लालबाबु पण्डित कडा रुपमा देखिएपछि राजनितिक बृतमा हलचल सुरु भएको छ ।पण्डितको समर्थनमा सामाजिक सञ्चाल र मिडियाहरुमा उनको समर्थन गर्नेहरुको संख्या व्यापक रुपमा देखिएको छ ।
यसैगरी पिआर लिने मन्त्रीमा बर्तमान अर्थमन्त्रीे महतको नाम पनि जोडिएको हल्ला व्यापक रुपमा प्रचारमा आएपछि उनले सामाजिक सञ्जाल टुइटर मार्फत कडा आपत्ती जनाएका छन् ।
उनले सामाजिक सञ्जाल टुइटर मार्फत मिडिया चरित्र हत्याको साधन नबन्न आग्रह गरेका छन् ।
उनले आफुलाई पिआर धारीको आरोप लगाउनेलाई चुनौती समेत दिएका छन् । पिआर लिएको प्रमाण दिनेलाई आफ्नो सम्पुर्ण सम्पती पुरस्कारको रुपमा दिने घोषणा गरेका छन् ।


0 comments:
Post a Comment