♠ Posted by News Express Today at 1:44 AM

वेलायत, वेलायतका तीन जना न्यायाधीशले आफ्नै कार्यकक्षमा पोर्न सामाग्री हेर्दा जागिरबाट हात धुनु परेको समाचार सेलाउन नपाउँदै अष्ट्रेलियामा एक चिकित्सकले पोर्न सामाग्री हेर्दै बिरामीको शल्यक्रिया गरेका छन् । बिरामीको शल्यक्रिया जस्तो अतिसंवेदनशील कार्यगर्दा पोर्न सामाग्री हेर्न ति भारतीय मुलका चिकित्सकको उक्त कार्यमा अहिले चर्चाको विषय बनेको छ ।
अस्ट्रेलियाको राजधानी मेलबर्न स्थित एक अस्पतालमा सन् २००८ मा भएको शल्यक्रिया गर्दा चिकित्सक राकेश कालराले पोर्न तस्वीरको प्रयोग गरेका हुन् । मेलबर्नमै हालै भएको शल्यचिकित्सकको सम्मेलनका क्रममा मात्र उनले उक्त कुराको खुलासा गरेका न्यूज डट कम डट एयुले जनाएको छ । बलात्कार पीडित एक महिलाको उपचारका क्रममा उनले यस्तो विधिको प्रयोग गरेका हुन् ।
बलात्कारका क्रममा ती महिलाको योनीमा घाउ लागेको रहेको र क्षतविक्षत भएको ति चिकित्सकले बताएका छन् । अस्पतालमा ती महिलाको योनीलाई सर्जरी गरेर पूरानै सामान्य अवस्थामा पूराउनुपर्ने चुनौतिका रुपमा चिकित्सक कालराको सामु थियो । त्यसपछि उनले अपरेसन कक्षमा विभिन्न कोणबाट खिचिएका योनीका तस्वीरहरु आफ्नो अगाडि राखे ।
उनले ती तस्वीरहरुलाई ध्यानपूर्वक हेर्दै योनीको वास्तविक आकार प्रकार बुझ्दै ती महिलाको शल्यक्रिया अघि बढाए । उनले बलात्कारका क्रममा च्यातिएको महिलाको यौनांगको कन्याजाली अर्थात् हाइमिनलाई पनि पूरानै अवस्थामा फर्काउन सफल भए ।
यस्तो चुनौतिपूर्ण शल्यक्रिया मार्फत महिलाको यौनांगलाई कुमारी अवस्थामै फर्काउन सफल ती चिकित्सकको कदमलाई धेरैले तारिफ गरे । तर सम्मेलनमा उपस्थित कतिपय महिला चिकित्सकले भने उनको कदमप्रति आपत्ति जनाएको बताइएको छ ।
यस्तो चुनौतिपूर्ण शल्यक्रिया मार्फत महिलाको यौनांगलाई कुमारी अवस्थामै फर्काउन सफल ती चिकित्सकको कदमलाई धेरैले तारिफ गरे । तर सम्मेलनमा उपस्थित कतिपय महिला चिकित्सकले भने उनको कदमप्रति आपत्ति जनाएको बताइएको छ ।

0 comments:
Post a Comment