♠ Posted by News Express Today at 5:25 PM
वि.सं.२०७२ साल असार ३१ गते। बिहीबार। इश्वी सन् २०१५ जुलाई १६ तारिख। शकसंवत् १९३७। कीलक संवत्सर। उत्तरायण। ग्रीष्म ऋतु। नेपाल संवत् ११३५ अनलागा। आषाढ अधिक–कृष्णपक्ष। तिथि– अमावश्या, बिहान ६:२२ बजेउप्रान्त प्रतिपदा। नक्षत्र– पुनर्वशु, अपराह्न ३:०६ बजेउप्रान्त तिष्य। योग– हर्षण, रात्रि १०:४१ बजेउप्रान्त वज्र। करण– नाग, बिहान ६:२२ बजेदेखि किंस्तुघ्न, साँझ ६:३३ बजेउप्रान्त वव। आनन्दादिमा सिद्धि योग। चन्द्रराशि– मिथुन, बिहान ८:५० बजेदेखि कर्कट काठमाडौंमा सूर्योदय– ५:१९ बजे, सूर्यास्त– ६:५९ बजे र दिनमान ३४ घडी ११ पला। स्नानदान गर्ने र हलो बार्ने औंसी। पुरुषोत्तम मास तथा मत्स्यनारायण मेला समाप्ति। अपराह्न ३:०६ बजेदेखि सर्वार्थसिद्धि तथा गुरुपुष्य योग। आषाढ मसान्त।
वि.सं.२०७२ साल असार ३१ गते। बिहीबार। इश्वी सन् २०१५ जुलाई १६ तारिख। शकसंवत् १९३७। कीलक संवत्सर। उत्तरायण। ग्रीष्म ऋतु। नेपाल संवत् ११३५ अनलागा।
उपप्रा. लक्ष्मीप्रसाद बराल (फलितज्योतिषाचार्य) ९८४१३५२१६४मेष - चु, चे, चो, ला, लि, लु, ले, लो, अ (Aries)

हतारको निर्णयले काम बिग्रन सक्छ, सचेत रहनुहोस्। रोकिएका घरेलु कामकाज बिस्तारै बन्नेछन्। महत्वाकांक्षी योजना गोप्य राखेर अघि बढ्दा फाइदा हुनेछ। मान्यजनको सुझाव अप्रिय लाग्नेछ। परिवारजनमा असमझदारी र मनमा अधैर्यपना बढ्नेछ। मातृधनको उपयोगबाट सामान्य लाभ उठाउन सकिनेछ। पशुधन र जमिनबाट पनि सामान्य फाइदा होला।
बृष - इ, उ, ए, ओ, बा, बि, बु, बे, बो (Taurus)

अनुकूल समय छ। सहयोगीहरूले राम्रो साथ दिनेछन्। रोकिएका काम बन्ने र नयाँ काम सुरु गर्ने समय छ। उद्योग र व्यापारमा विशेष फाइदा हुनेछ। शत्रु र प्रतिस्पर्धीलाई सजिलै हराउन सकिनेछ। गरिएका कर्मको उचित प्रतिफल पाइनेछ। कृषि–चौपायामा पनि राम्रै फाइदा होला। तापनि, प्रशस्त धन आर्जन गर्ने मौका छ। बिनाप्रतिस्पर्धा फाइदा हुने योग छ।
मिथुन - का, कि, कु, घ, ङ, छ, के, को, ह (Gemini)

विभिन्न अवसर पाइनेछ। तर, सोचेको काम समयमा सम्पादन गर्न नसकिने र अवसर फुत्कने सम्भावना देखिन्छ। सहयोगी वा हितैसी जनले तपाईंको कमजोरीप्रति टिप्पणी वा गुनासो गर्न सक्छन्, सचेत रहनुहोस्। पढाइलेखाइमा ध्यान दिन नसकिएला। द्विविधा बढ्नुका साथै निर्णायक क्षमतामा कमी आउला। लगनशीलताले बिस्तारै फाइदा दिलाउनेछ।
कर्कट - हि, हु, हे, हो, डा, डि, डु, डे, डो (Cancer)

पारिवारिक जमघटमा मन रमाउनेछ। विशेष भेटघाटका बीच स्वादिष्ट भोजनको आनन्द मिल्नेछ। विभिन्न उपहार पाइएला। आत्मविश्वास बढ्नुका साथै प्रतिष्ठित काम गर्ने अवसर जुट्नेछ। पठनपाठनमा प्रगति हुनेछ। रोकिएका काम बन्ने र नयाँ काम पाइने योग छ। भेटघाटमा अलमलिनाले काममा बाधा पुग्नेछ। स्वास्थ्यका लागि खानपानमा सचेत रहनुपर्ने बेला छ।
सिंह - मा, मि, मु, मे, मो, टा, टि, टु, टे (Leo)

अवसरको खोजीमा केही दौडधूप गर्नुपर्ला। फाइदाका पछि लाग्दा साथीभाइसँग असमझदारी बढ्न सक्छ। खर्च बढ्नुका साथै आर्थिक समस्या देखा पर्न सक्छ। आक्षेप लगाउनेहरू सक्रिय हुनेछन् भने सहयोग गर्नेहरू कमै भेटिनेछन्। धेरै लगानीपछि आंशिक फाइदा हुनेछ। समयमा होस नपुग्नाले केही अवसर गुम्न सक्छन्। होसियारीसाथ काम लिनुपर्ने समय छ।
कन्या - टो, प, पि, पु, ष, ण, ठ, पे, पो (Virgo)

दिगो आम्दानी हुने स्रोत फेला पर्न सक्छ। गरेका कामबाट प्रशस्त लाभ हुनेछ। श्रमको उचित मूल्यांकन होला। नयाँ कुरा सिक्ने अवसर जुट्नुका साथै पढाइमा प्रगति हुनेछ। आम्दानी बढ्नुका साथै उठ्नुपर्ने रकम हातलागी हुनेछ। कृषि तथा पशुपालनमा सामान्य र व्यापारमा प्रशस्त फाइदा हुने योग छ। पितृधनको उपयोगबाट विशेष फाइदा उठाउन सकिनेछ।
तुला - र, रि, रु, रे, रो, ता, ति, तु, ते (Libra)

कामको सन्दर्भमा प्रतिष्ठित व्यक्तित्वहरूसँग मित्रता बढ्नेछ। कला, साहित्य, मनोरञ्जन आदि क्षेत्रमा रुचि बढ्नेछ। व्यापार–व्यवसायमा लाग्नेहरूलाई विशेष फाइदा होला। रुचिका विषयमा लगानी बढाउने समय छ। विभिन्न अवसरले पछ्याउनेछन्। भविष्यका लागि राम्रै काममा जग बसाउने मौका छ। प्रयत्न गर्दा दिगो फाइदा हुने काम सुरु गर्न सकिनेछ।
बृश्चिक - तो, ना, नि, नु, ने, नो, या, यि, यु (Scorpio)

अरूका काममा समय बित्न सक्छ। समयमा काम पूरा नहुनाले खिन्नता बढ्ला। अस्वस्थताका बाबजुद कामको दायित्व बढ्नेछ। सानातिना काममा महत्वपूर्ण समय बित्न सक्छ। सहयोगको आशा देखाउनेहरूले धोका दिन सक्छन्, सचेत रहनुहोस्। व्यावसायिक काममा खर्च बढ्नेछ। धर्मकर्म र सेवामूलक कामबाट प्रतिष्ठा मिल्नेछ।
धनु - ये, यो, भ, भि, भु, ध, फा, ढ, भे (Sagittarius)

बन्ने निश्चय भएको काम बिग्रनाले मन खिन्न रहनेछ। लगानी र श्रमको उचित मूल्य नपाइएला। स्वास्थ्योपचारमा खर्च हुने योग छ। प्रयत्न गर्दा गरी आएको कामलाई निरन्तरता दिन सकिनेछ। अप्ठ्यारो परिस्थितिमा गरिएको पुरुषार्थले फाइदा नै दिलाउनेछ। अप्ठ्यारो परिस्थितिस“ग सम्झौता गर्नुपर्ला। आश्वासन बाँड्नेहरूले झुक्याउन सक्छन्, सचेत रहनुहोला।
मकर - भो, ज, जि, खि, खु, खे, खो, गा, गि (Capricorn)

व्यापार–व्यवसायमा विशेष लाभ लिने समय छ। व्यावसायिक यात्रा सम्भावना छ। मित्रता र प्रेमको बन्धन कसिनेछ। रमाइलो यात्राका बीच आतिथ्यपूर्ण सम्मान पाइनेछ। दाम्पत्य जीवन सुखद तथा समृद्ध बन्नेछ। नयाँ कुरा सिक्ने अवसर जुट्नेछ। मित्रहरूको सञ्जाल फराकिलो हुनुका साथै आम्दानी प्रशस्तै बढ्नेछ। नयाँ सवारी साधन प्राप्तिको योग छ।
कुम्भ - गु, गे, गो, सा, सि, सु, से, सो, द (Aquarius)

प्रयत्न गर्दा मौकाको फाइदा लिन सकिनेछ। यात्रामा विशेष लाभ होला। शत्रु र रोगबाट छुटकारा मिल्नेछ। मुद्दा–मामिलामा पनि विजयी भइनेछ। व्यापार तथा उद्योगतर्फ फाइदाको योग छ। शत्रुहरूको चलखेल बढ्ने भएकाले चनाखो रहनुहोला। प्रतिस्पर्धीहरूलाई पछि पार्दै विभिन्न अवसर हात पार्न सकिनेछ । केही चुनौती भने सामना गर्नपर्ने देखिन्छ।
मीन - दि, दु, थ, झ, ञ, दे, दो, च, चि (Pisces)

अप्रिय समाचारले खिन्नता बढ्न सक्छ। पढाइलेखाइमा पनि ध्यान दिन नसकिएला। व्यापार व्यवसायमा समेत त्यत्ति फाइदा नहोला। काममा अवरोध आउन सक्छ। आफूलाई कमजोर भएको अनुभूति हुनेछ। खानपानको असावधानीले स्वास्थ्य समेत कमजोर बन्ने देखिन्छ। सन्तान वा अनुयायी र मातृशक्तिको सल्लाह, सहयोगले फाइदा होला।

0 comments:
Post a Comment